ट्राफिकको ‘नों एक्सिडेन्ट–नों ड्यामेज’ अभियान

बारा । सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर– २ पथलैया बाराले सुरक्षित यात्राको लागि चालक, यात्रु र सवारी साधनको यान्त्रिक अवस्थाको निरिक्षण तथा आखाँ चेकजाँच कार्यक्रम गरेको छ ।

यस प्रदेशमा बढ्दै गएको सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्य सहिँत ट्राफिक प्रहरी, अटोमोबाईल्स् मेकानिकल्स र आखाँका डाक्टरहरू सहितको संयुक्त टोलीले यो कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा बोल्दै बाराका प्रमुख जील्ला अधिकारी राजेश पौडेलले सराकारी सवारी साधनको अवस्था र चालकको स्थिति आंकलन गर्न ट्राफिक प्रहरीले चासो देखाउने पर्ने कुरामा जोडदिए । उनले सरकारी नम्बर प्लेट हुदैमा चालकले जथाभावी गर्न नमिल्ने बताउदैँ सरकारी चालकले लापरपाहि गरे त्यसलाई अनिवार्य कारवाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन समेत दिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रहरी प्रधान कार्यालय, एवम् अपराध अनुसन्धान विभाग राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालका प्रहरी नायब महानिरिक्षक पुर्णचन्द्र जोसीले ट्राफिक प्रहरीलाई कम जनशक्तिबाट धेरै काम गर्ने अवस्था रहेको बताए । उनले ३२ लाख ५० हजार सवारीको संख्या रहेको नेपालमा हाल २ हजार ४ सय ६७ जना ट्राफिक प्रहरीको दरबन्दिकामा ३२ सय ८५ जना ट्राफिक प्रहरी कार्यरत रहेको जानकारी दिए ।

उनले प्रदेश नम्बर २ मा ५ हजार ९ सय ९१ किलोमिटर सडक संजाल रहेको जानकारी गराउदै यती सडक संजालका लागि २ सय ८७ दरबन्दिमा ३ सय ३६ जना कार्यरत रहेको र यती कम जनशक्तीले गरेको काम साह्रनिय रहेको जानकारी दिए ।

‘नों एक्सिडेन्ट–नों ड्यामेज’ भन्ने नाराका साथ सञ्चालित यस अभियानको मुख्य उद्देश्य सवारी चालक, यात्री, अन्य सडक प्रयोग कर्ताहरूमा पर्याप्त सुरक्षित सडक प्रयोग सम्बन्धि सचेतना फैलाउँनु रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैया बाराका ट्राफिक प्रहरी उपरिक्षक किरण बज्रचार्यले बताए ।

ओभर स्पिड, क्षमता भन्दा बढि सवारी साधन राख्नु , सवारीलाई सहि तरिकाले मर्मत नगर्नु र चलाकमा देखा परेको आखाँ सम्बन्धि समस्याका कारण सवारी दुर्घटना हुँने गरेको बताउँदै ट्राफिक प्रहरी उपरिक्षक बज्रचार्यले सधै ट्राफिक प्रहरीले जरीवाना गर्ने काम गर्दै आएको तर, यस अभियान अन्तरर्गत सवारी चालक र यात्रीहरूलाई सहि तरिकाले यात्रा गर्ने तरिका जानकारी गराउने काम प्रहरीले गरेको बताएका छन् ।

उनले यस अभियानलाई प्रदेश नम्बर २ का हरेक जिल्लामा हरेक १५ दिनको फरकमा साथै दशैं तिहारमा हुँने गलत गतिबिधि नियन्त्रण गर्ने गरी सञ्चालन गर्ने जानकारी दिए । सचेतना कार्यक्रममा तराईका विभिन्न स्थानबाट देशको राजधानी सहिँत अन्य स्थानमा रात्रीको समयमा जाने सजारी साधनमा ट्राफिक प्रहरीले देखिएका समस्यालाई तत्काल सुधार गर्न लगाउने र यात्रीहरूलाई समेत यात्रा गर्ने क्रममा ध्यान दिनु पर्ने कुरा जानकारी गराएका थिए । साथै चालकहरूको आखाँ चेकजाँच गराउने र समस्या भएका चालकहरूलाई तत्काल उपचार गर्न आग्रह गरिएको छ ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशसकिय प्रमुख शिवराज सेढाँई, विवेक अटो मोवाएल्स प्रा.लि.का ईन्जिनियर अजित मिश्र, डा. दिलिपकुमार यादब लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया