राजदुतहरु संग चेम्वरको अन्तरक्रिया, सबैका आ–आफ्ना प्रतिबद्धता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आज राजधानीमा बिभिन्न मुलुकहरुमा नेपालको राजदूत नियुक्ती भइ आफ्नो जिम्मेवारी वहन गर्न जान लागेका नवनियुक्त राजदूतहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले सम्बोधन गर्दै नवनियुक्त सबै राजदुतहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे । ‘समृद्द नेपाल, सुखी नेपाली’ को नारा पुरा गर्नको लागि देशभित्र र देश बाहिर अनुकुल वातावरण कायम गर्न सरकार लागि परेको अवस्थामा आर्थिक कुटनीतिलाई मजबुत बनाउनुपर्ने कुरा श्रेष्ठले बताए ।

सो कामको लागि राजदुतहरु ’रिसिभिंग स्टेट’मा देशको प्रतिनिधि भएकोले उहाँहरुको भूमिका प्रधान हुने कुरा समेत उनले बताए । श्रेष्ठले राजदुतहरुले नेपालको राष्ट्रिय स्वार्थ पुरा गर्नलाई नेपालको ब्यापार प्रबर्दन, लगानी अभिबृद्दी, पर्यटनको विकास र कृषि क्षेत्रको आधुनिकीकरणमा बिशेष पहल गर्न अपील समेत गरे ।

भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले नेपालको निर्यात व्यापार बढाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन ।

भारतका लागि नवनियुक्त राजदुत आचार्यले मुलुकको समृद्धिका लागि निर्यात व्यापारमा जोड दिन आवश्यक रहेकाले आफूले त्यसै कामलाई भारतमा रहँदा प्राथमिकताका साथ अघि बढाउने बताएका हुन ।

बिहीबार नेपाल चेम्बर अफ कमर्सले काठमाण्डौमा आयोजना गरेको नवनियुक्त राजदूतहरुको सम्मान कार्यक्रममा बोल्दै उहाँले आर्थिक कूटनीतिका लागि आवश्यक सुझाव दिन पनि निजी क्षेत्रकमा व्यवसायीहरुलाई आग्रह गरे ।

आर्थिक कूटनीतिको माध्यमबाट मुलुकमा लगानी भित्र्याउन आवश्यक पहल गर्ने नवनियुक्त राजदूत आचार्यको योजना छ । उनले कृषि, पर्यटन, जडिबुटी र जलविद्युत क्षेत्रमा भारतीय लगानी बढाउन पनि आफूले पहल गर्ने बताए ।

मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नेपाली उद्योगीहरु ब्यापारी मात्र नभै उत्पादनकर्ता समेत भएको कुरामा जोड दिए । त्यस्तै, इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यले लगानीकर्ता भित्र्याउन आफुले सक्दो पहल गर्ने कुरा बताईन । उनले आफु नेपाली महिला व्यवसायीहरु र इजराइलका महिला व्यवसायीहरुको बिचमा सम्बन्ध स्थापित गर्न प्रयासरत रहने कुरा समेत व्यक्त गरिन ।

संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि अमृत राईले सन् २०२२ सम्ममा अति कम बिकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन र सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्र बन्न नेपालले आफ्नो ब्यापारमा भरि मात्रामा सुधार गर्नु पर्ने कुरा उल्लेख गरे ।

कर्यक्रममा संयुक्त अरब इमिरेट्सको लागि नेपाली राजदुत कृष्ण प्रसाद ढकाल, थाईल्याण्डका लागि नेपाली राजदुत गणेश ढकाल, स्वीटजरल्याण्डका लागि नेपाली राजदुत मणी भट्टराई, फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारी र कुवेतका लागि नेपाली राजदुत दुर्गा शर्माले आफ्नो कार्यकालभरि समृद्द नेपाल सुखी नेपाली को नारालाई सार्थक तुल्याउन लाग्ने कुरा बताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स र यसका बिषयगत समितिबाट करिब एक सय जनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया