डिभाइन वाइन र ब्याइज युनियनबीच सम्झौता

काठमाडौं । महाकाली वाइन प्राली डिभाइन वाइनले नेपाली खेलकुद क्षेत्रमा सहयोग पुयाउँने उदेश्यसहित ब्याइज युनियन क्लबसंग आधिकारीक सम्झौता गरेको छ । विभिन्न सामाजिक कार्यक्रममा सहयोग पुयाउँदै आएको कम्पनी र क्लबले संयुक्त रूपमा खेलकुद क्षेत्रमा सहयोग पुर्याउने जानकारी दिएका हुन्।

कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक सन्तोष खड्का र क्लबको तर्फबाट निरज बहादुर राउतको सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।  सम्झौता अनुसार डिभाइन वाइनले एक वर्षको लागि ब्याइज युनिएन क्लबलाई प्रत्यायोजन गर्छ भने, सम्झौता अवधिभर क्लबको नाम डिभाइन ब्याइज युनियन क्लब रहनेछ ।

प्रतिक्रिया