महिन्द्रा टु ह्वीलर्सको भ्यालेन्टाइन अफर

काठमाडौं । महिन्द्रा टु ह्वीलर्स अन्तर्गत अग्निमोटो इन्कले भ्यालेन्टाइन–डेको अवसर पारेर विशेष छुटको व्यवस्था गरेको छ । उक्त अफर अन्र्तगत महिन्द्राका स्कुटर तथा बाइकखरिद गर्दा रु ८००० छुट प्राप्तगर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाली युवायुवतीहरू माझ बढ्दै गएको भ्यालेन्टाइनको रौनकलाई थप सशक्तएवं अविस्मरणीय बनाउने उद्देश्य सहितकम्पनीले यो छुटको व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । महिन्द्राका गस्टो १२५, सेन्चुरो डिक्स ब्रेक, सेन्चुरो रक स्टार, मोजोतथागस्टो आर एस नेपाली युवामाझ लोकप्रिय छ । यो योजना सिमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया