पेम्बा र लोकको जोडी सेमिफाइनलमा

काठमाडौं । कम्प्लिट हेल्थ क्लब, बानेश्वरका पेम्बा शेर्पा र लोक लामाको जोडी नवौं बविन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष युगलमा मात्र प्रतिस्पर्धा भएको प्रतियोगितामा शेर्पा र लामाको जोडीले आयोजक किङ्ग कम स्पोर्टस् क्लबका पूर्व राष्ट्रिय खेलाडी ईन्द्र महता र विकास चन्द्र राईको जोडीलाई २२–२०, १२–२१, २१–१७ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

भीमसेनगोलास्थित ब्याडमिन्टन कोर्टमा आयोजना भएको अर्को प्रतिस्पर्धामा देउराली क्लबका हिमांशु श्रेष्ठ र थम रानाको जोडीले पनि सेमिफाइनलमा स्थान बनायो । श्रेष्ठ र रानाको जोडीले एपिएफका राष्ट्रिय खेलाडी निराजन देवकोटा र बिशाल तामाङ्गको जोडीमाथि २१–१४, १६–२१, २१–१७ को सेटमा पराजित गर्दै सेमिमा स्थान पक्का गरे ।  अव फाइनल प्रवेशका लागि श्रेष्ठ र रानाको जोडीले शेर्पा र लामाको जोडीको सामना गर्ने भएको छ ।

प्रतिक्रिया