बायोपिकमा काम गर्दै सारा

एजेन्सी, मुम्बई । बलिउडमा अभिनेत्री सारा अली खानको डिमान्ड निकै बढेको छ । उनले काम गरेका दुईवटा चलचित्र नै सुपरहिट भएपछि उनी अहिले नै बलिउडका टप ५ नायिकाको सूचीमा परेका छन् । साथै उनीसित काम गर्न चाहने निर्माताको संख्या पनि बढ्दै गएको छ ।

अभिनेत्री सारालाई विभिन्न निर्माता तथा निर्देशकले कामका लागि अफर गरे पनि उनले निर्णय दिएकी छैनन् । यसैबीच साराले एक बायोपिक कथामा निर्माण हुन लागेको चलचित्रमा काम गर्ने पक्का भएको छ ।

अभिनेता इमरान हाश्मीलाई लिएर सन् २०१३ मा ‘एक थि डायन’ नामक चलचित्र निर्देशन गरेका निर्देशक कन्नान लेएरले बनाउन लागेको एक बायेपिक कथामा सारालाई छनोट गरिएको छ । उक्त चलचित्र कसको बायोपिकमा बन्न लागेको भन्ने खुलाइएको छैन ।

यसै वर्षको अगस्टबाट छायांकन सुरु गरिने उक्त चलचित्रलाई धर्म प्रोडक्सनले निर्माणमा साथ दिएको छ । यो बायोपिकको लिड भूमिकामा साराले काम गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया