नेत्रहीन महिला क्रिकेट शृंखलामा नेपालको क्लिनस्वीप

काठमाडौं । महिला नेत्रहीन क्रिकेटकै पहिलो अन्तर्राष्ट्रिय शृंखलामा नेपालले क्लिन स्वीप गरेको छ । पाकिस्तानको इस्लामावादमा सोमबार भएको पाँचौं तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली पाकिस्तान महिला नेत्रहीन क्रिकेट टिमलाई १० विकेटले हराउँदै नेपालले पाँच खेलको शृंखला ४–० ले जितेको हो ।

पहिलो र तेस्रो खेल समान १० विकेटले जितेको नेपालले चौथो खेल ९ विकेटले जितेको थियो । दोस्रो खेल भने वर्षाका कारण रद्ध भयो । इस्लामावादस्थित शालिमार क्रिकेट ग्राउन्डमा भएको अन्तिम खेलमा मनकेसी चौधरीले अर्धशतक प्रहार गरेपछि नेपालले बिनाविकेट पाकिस्तानले दिएको १ सय २७ रनको लक्ष्य १०.४ ओभरमा पूरा ग¥यो ।

मनकेसी र आशा रेग्मीले अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेटमा उच्च साझेदारी गर्दै जित दिलाएका थिए । मनकेसीले ३६ बल खेल्दै १५ चौकाको मद्दतमा नटआउट ८१ रन बनाइन् । आशा रेग्मी ३३ बल खेल्दै ३२ रनमा अविजित रहिन् । त्यसअघि पाकिस्तानकी कप्तान राबिया शेहजादीले टस जित्दै ब्याटिङ रोजेकी थिइन् ।

लगातार तेस्रो पटक टस जितेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर निसाह बुक्सले सर्वाधिक ४० रन बनाइन् भने तायाबा फतिमाले २७ रन जोडिन् । पाकिस्तानको सबै विकेट नेपालले रनआउटमार्फत लिएको हो ।

विकेटकिपर मनकेसिले ३ तथा बिनिता पुनले २ रनआउट गरिन् । नेपालको लागि दोस्रो अर्धशतक प्रहार गरेकी मनकेसी प्लेअर अफ दी म्याच घोषित हुँदै २५ हजार प्राप्त गरिन् । भ्यालुएबल प्लेअर बनेकी आशाले ५ हजार हात पारिन् । शृंखला जितेको नेपालले १ लाख पाकिस्तानी नगद हात पा¥यो ।

पाकिस्तानी टोलीले भने ५० हजारमै चित्त बुझायो । शृंखलाभर उत्कृष्ट प्रदर्शन गरेकी नेपालकी मनकेसी ‘बी’ टु क्याटेगोरीतर्पm उत्कृष्ट बनिन् । नेपालका मोना अर्यालले ‘बी’ वान क्याटेगोरीमा र बिनिता पुन ‘बी’ थ्री क्याटेगोरीतर्पm उत्कृष्ट घोषित भइन् । पाकिस्तानी टिमका किरण रफिक उत्कृष्ट विकेटकिपर घोषित भइन् ।

प्रतिक्रिया