घरमा बाढी, सडकमा गोही र सर्प

सिड्नी । अस्ट्रेलियामा उत्तरपूर्वी भागमा आएको बाढीले हजारौंको संख्यामा घरहरू डुबेको बताइएको छ । करिब २० हजार घर बाढीबाट प्रभावित भएको जनाइएको छ । अत्यधिक वर्षाका कारण सर्प र गोहीहरू भने सडकमा निस्केका छन् ।

मौसमविद्हरूले अझैपनि वर्षा र बलियो हुरी आउने संभावना रहेको जनाएका सीएनएनले जनाको छ । क्विन्सल्यान्डको टाउनभिल्ले बाढीमा परेको छ । त्यहाँ रहेका मानिसहरू भाग्नुका साथै कतिपय घरको छानोमा गएर बसेका छन् । व्यापक वर्षा भएपछि अधिकारीहरूले रोस नदीको बाँध खोलेका थिए ।

आइतबार सो बाँध खोलेपछि प्रति सेकेण्ड १९ सय क्युबिक मिटर पानी त्यसबाट बाहिर गएको छ । पानी बढेपछि सुरक्षाकर्मीहरू गएको शनिबार बिहान घरघर गएर सतर्क रहन स्थानीय बासिन्दालाई आग्रह गरेका थिए । मौसमविद्हरूले सोमबार अझै केही दिन वर्षा हुने भएकोले सतर्क रहन सबैमा आग्रह गरेका छन् । सबैभन्दा बढी टाउन्सभिल्लेका घरहरू बाढीको चपेटामा परेका छन् ।

प्रतिक्रिया