कुम्भ मेलामा हजारौँ युवा नांगा साधु बन्दै

नयाँ दिल्ली । भारतीय युवाहरू नांगा साधु बन्ने ध्याउन्नमा लागेका छन् भन्ने उदाहरण कुम्भ मेलामा देखिन्छ । उत्तर प्रदेशको इलाहावादमा लागेको कुम्भ मेलामा आफ्ना इच्छा पूरा गर्न भन्दै १० हजारभन्दा बढी इन्जिनियरिङ र एमबीए पढ्दै गरेका युवाहरू करिअर छोडेरै नांगा साधु बन्न दीक्षा लिइरहेका छन् ।

नांगा साधु बन्नेमा ईन्जिनियरदेखि एमबीए गरेका कलेजका टपर विद्यार्थी समेत यहाँ सहभागी छन् ।

टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार इन्जिनियरिङ डिप्लोमाका विद्यार्थी रजत, युक्रेनका म्यानेजमेन्टका विद्यार्थी शम्भु र प्लस टु परीक्षामा प्रथम भएका घनश्यामलगायतका युवाहरू साधु बन्न दिक्षा लिइरहेका छन् । यी विद्यार्थी त उदाहरण मात्रै हुन्। नांगा साधु बन्नका लागि कुम्भ मेलामा युवाहरूको घुइँचो नै लागेको छ ।

प्रतिक्रिया