अमेरिकामा १ सय २९ भारतीय विद्यार्थी पक्राउ

नयाँ दिल्ली । अमेरिकामा १ सय २९ जना भारतीय विद्यार्थी पक्राउ परेकोमा भारतीय विदेश मन्त्रालयले शनिबार नयाँ दिल्लीस्थित अमेरिकी दूतावास समक्ष चिन्ता व्यक्त गरेको छ । सो अवसरमा भारतले अमेरिकी दूतावासलाई ती विद्यार्थीको बारेमा तत्काल कानुनी उपचारको व्यवस्थाका लागि माग गरेको छ ।

भारतका ती विद्यार्थी एउटा नक्कली युनिभर्सिटीमा प्रवेश गरेको मामिलामा अमेरिकाका सुरक्षाकर्मीले उनीहरूलाई पक्राउ गरेका हुन् । ती विद्यार्थीहरू गएको बुधबार पक्राउ परेको जनाइएको छ ।

अमेरिकी सरकारले सो नक्कली विश्वविद्यालयको वेबसाइट पनि बन्द गरेको छ । मिचिगनमा छ भनिएको सो युनिभर्सिटीको नाम फार्मिङटन युनिभर्सिटी भनिएको थियो । भारतीय विदेशमन्त्रालयले सो सम्बन्धी डिमार्च( कुटनीतिक धारणा) अमेरिकी दूतावासलाई दिएको हो । त्यसमा भारतले अमेरिकालाई ती विद्यार्थी ठगिएको हुन सक्ने जनाउँदै त्यसै अनुसार बुझेर सहयोग गरिदिन आग्रह गरेको छ । यसरी नक्कली युनिभर्सिटीमा फस्नेमा भारत र चीनका विद्यार्थी धेरै रहेको बताइएको छ ।

प्रतिक्रिया