ठगीमा संलग्न महिला फरार

ललितपुर । ठगिमा संलग्न एक महिला आफन्तबाट ठूलो रकम लिएर बेपत्ता भएकी छिन् । विगत केही वर्षदेखि आफन्त तथा चिनजानका व्यक्तिलाई ठगि गर्नेमा खोटाङ घर भएकी ५५ वर्षीया दुर्गा राई हुन् । उनी विगत दुइ महिनादेखि फरार छिन् ।

पछिल्लो समय दुर्गा राईले ललितपुर हरिसिद्धिमा भाडामा बस्दै आएकी सिन्धुपाल्चोककी रमा खड्काबाट एकलाख भन्दा बढिका गरगहना र केही रकम ठगेर फरार भएको अनुसन्धानबाट खुलेको छ । खड्काले राईविरुद्ध दुइ पटक प्रहरीमा उजुरी दिइसक्दा पनि उनी सम्पर्कमा आउन नआएको पीडित खड्काले बताएकी छिन् ।

दुर्गाले खड्काबाट दुई वर्षअघि २ महिनामा फिर्ता गर्ने सर्तमा ५० हजार नगदसहित एक लाखका गरगहना लिएकी थिइन् । दुर्गाले ललितपुरको हरिसिद्धिबाट भाइबुहारी गंगाको सहयोगमा खड्काबाट एक लाख भन्दा बढी रकम लिएकी थिइन् । रकम लिएको यत्रो समयसम्म विभिन्न बहाना पार्दै आएको र अन्त्यमा राईले धोका दिएको पीडितले प्रहरी सामु बयान दिएकी छिन् ।

उनले विगत केही महिनादेखि आफु बसेको ठाउ र मोबाइल नम्बर परिवर्तन गर्दै आएको पाइएको प्रहरीले बताएको छ । खड्काका अनुसार राईले अरुलाई ठगि गर्न आफ्नै भाइबुहारी गंगा राईको सहयोग लिने गरेको पाइएको छ ।

दुर्गाले आफन्त तथा अन्य व्यक्तिबाट मोटो रकम मागेर बढी भन्दा बढी व्याजसहित रकम चुक्ता गर्ने आश्वासन देखाई विगत ५ वर्षदेखि ठगिमा संलग्न रहेको महानगरिय प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

खड्काले राई विरुद्ध उजुरी दिएपछि प्रहरीले तिव्र अनुसन्धान चलाएको छ । योसंगै राईलाई पक्राउ गरी ठगी मुद्दामा कारबाही चलाईने महानगरिय प्रहरि वृत ललितपुरले जनाएको छ ।

प्रतिक्रिया