राजदूत आचार्यले लिए शपथ

काठमाडौं । भारतका लागि आवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गापनीययताको शपथ गराइकी छन् ।

आचार्यलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार राष्ट्राध्यक्षबाट राजदूत आचार्यले शपथ लिएका हुन् । नेपालको इतिहासमा राष्ट्र प्रमुखबाट राजदूतलाई पहिलोपटक शपथ गराइएको हो । राष्ट्रपतिबाट शपथ लिने उनी पहिलो नेपाली राजदूत हुन् ।

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया