रेडिअन्टको दोहोरो जित

काठमाडौं । रेडिअन्टले प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो जित हात पारेको छ । रेडिअन्टले सिनियर गल्र्स र जुनियर ब्वाइजमा जित निकाल्यो । सिनियर गल्र्समा रेडिअन्टले ग्रामरलाई १८–११ ले पराजित ग¥यो । रेडिअन्टको जितमा अस्मिता गुरुङले ८ अंक योगदान गरिन् । जुनियर ब्वाइजमा राज रोका र सन्जिव भण्डारीको समान ८–८ अंक सहयोगथमा रेडिअन्टले जेनिअमलाई २५–१५ ले हरायो ।

सिनियर ब्वाइजमा ग्रामरले होप भ्यालीलाई ४६–३०, नेरिकले आयोजक न्यु भिजनलाई ३३–२१, एरिसले ओसिसलाई ४०–२७ र जेनिअमले बेबिलनलाई ३३–३२ ले पन्छाए । ग्रामरका विश्वास राईले १४, नेरिकका साजन थापाले १२, एरिसका विवेक राना मगरले १५ र जेनिअमका भिसन लिम्बूले १४ स्कोर गरे ।

प्रतियोगिताको न्यु भिजनका प्रबन्ध निर्देशक टीकाराम काफ्ले र अध्यक्ष राम भारतीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । प्रतियोगिताको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान ८–८ टिम सहभागी छन् ।

प्रतिक्रिया