शिक्षक कोठामा थुनिएपछि विद्यार्थीमाथी कुटीपट

सल्यान । सल्यानमा एक विद्यालयमा शिक्षक कक्षाकोठा भित्र थुनिएपछि विद्यार्थीमाथी कुटपिट भएको छ । जिल्लाको कुमाख गाउँपालिका–२ रुमाल गाउँमा रहेको नारायण माविमा कक्षा १० मा अध्यानरत छात्र राजु हमाललाई सोहि विद्यालयका शिक्षक हिम बहादुर बुढाले गम्भीर घाईते हुनेगरी कुटपिट गरेको परिवारले आरोप लगाएको छ ।

आउँदै गरेको एसइइको तयारीका लागी कोठा लिएर पढ्दै गरेका विद्यार्थीलाई बुधबार कोठामै गएर शिक्षकले बाँसको लठ्ठीले कुटपिट गरेर घाईते बनाएको पीडित विद्यार्थीका बुबा गणेश हमालले बताए । घाईते विद्यार्थीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको र स्वास्थ्यमा समस्या देखिएकाले थप उपचारका लागी परिवारले बाहिर लैजाने तैयारी गरी रहेको प्रहरीले जनाएको छ ।

विद्यार्थी माथि कुटपिट गर्ने शिक्षकलाई अस्थाई प्रहरी पोष्ट नेटाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिए । यता विद्यालयका प्रधानध्यापक देवेन्द्र रावते विद्यार्थीमाथी कुटपीट भएको स्वीकार गरेका छन् ।

‘कक्षा १० को टिउसन पढेर विद्यार्थीहरु घर फर्किदा विद्यालय कक्षाकोठा बन्दगर्ने क्रममा शिक्षक भित्रै थुनिएका रहेछन्, प्रअले भने अन्तिममा रहेका विद्यार्थी राजु हमालले कक्षा कोठाकोठा बाहिरबाट बन्द गरेका रहेछन्, शिक्षक भित्र छन् भन्ने थाहा नपाएका उनले ढोका बन्द गरेर आफ्नाे  कोठा तिर लागेछन् ।

पछि शिक्षकले थाहा पाएपछि रिसको झोकमा विद्यार्थीकै कोठामा गएर कुटेको थाहा पाएँ ।’ अहिले यस विषयमा विद्यालय व्यवस्थापन समिति र पीडित पक्षबिच छलफल भईरहेको विद्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया