सम्पदा र स्मृतिलाई उपाधि

काठमाडौं । दक्ष इन्टरनेसनलको आयोजनामा भएको ‘मिस एन्ड मिसेज ब्युटिफुल २०१९’ को उपाधि सम्पदा अमगाई र स्मृति पोख्रेलले चुमेका छन् । चितवनकी सम्पदाले मिसतर्फ र काठमाडौंकी स्मृति पोख्रेलले मिसेजतर्फको ताज पहिरिएका हुन् ।  राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट १५ जना प्रतियोगीलाई पछि पार्दै सम्पदाले मिसतर्फको ताजसँगै ‘मस्ट ट्यालेन्ट र बेस्ट फोटोजेनिकको टाइटल’समेत हात पार्न सफल भइन् । त्यस्तै, मिसतर्फ मनीषा पाण्डे फस्ट रनरअप, रुचि पाण्डे सेकेन्ड रनरअप र कुशुम श्रेष्ठ थर्ड रनरअप भए । मस्ट पपुलर, फेसबुक च्वाइस, भियुअर्स च्वाइस तथा बेस्ट एक्टिङको उपाधि गीता शर्माले हात पारिन् ।

त्यसैगरी, मिसेस तर्फको फस्ट रनरअपमा ज्योति पोख्रेल सेकेन्ड रनरअपमा ओविका बेल्वासे भए । बसुन्धारा बस्नेतले थर्ड रनरअप, मस्ट पपुलर तथा बेस्ट स्किनको टाइटल अवार्ड हात पारिन् । प्रतियोगिताको निर्णायकमा गायक आनन्द कार्की, अभिनेता सरोज खनाल, अभिनेता रमेश उप्रेती, म्युजिक कम्पोजर एवं नेपालकी पहिलो महिला संगीतकार रेखा पौडेल, डा.सुशीला मल्ल, कलाकार सरिता गिरी तथा हेमांगराज गिरी रहेका थिए । आश्विनी झाको कोरियोग्राफी रहेको प्रतियोगिताको कार्यक्रम सञ्चालनसमेत उनैले गरेका थिए ।

कार्यक्रममा आफ्नो क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वहरू कलाकार शिवहरि पौडेल, सञ्चारकर्मी किरण अधिकारी, कलाकार एलिना बाँस्कोटा, व्यवसायी रूपक शर्मा पोख्रेललाई ‘दक्ष इन्टरनेसनल अवार्ड २०१९’ बाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया