बिगेसोको सांस्कृतिक कार्यक्रम

काठमाडौं । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन ‘बिगेसो’को आयोजनमा राजधानीमा ‘वैचारिक सांस्कृतिक कार्यक्रम’ सम्पन्न भएको छ । गेसोका अध्यक्ष पद्मसुन्दर लिम्बूको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संयोजक मनु लिम्बू हुन् । नेवारी, गुरुङ, मगर, लिम्बू, राई जातिको आ–आफ्नो भेषभूषामा सजिएका झाँकी प्रदर्शनबाट सुरु भएको कार्यक्रममा प्रज्ञा भवनको हल दर्शकले खचाखच भरिएको थियो । कार्यक्रममा नेपाली युवा विभिन्न मुलुकमा सैनिक, पुलिसमा भर्ती भएर ती देशमा पु¥याएको योगदान, दुःखकष्ट र ब्रिटिस सरकारले गरेको विभेदका बारेमा केन्द्रित रही बनाइएको वृत्तचित्र ‘जित्नेहरूको हारेको कथा’ प्रदर्शन गरिएको थियो ।

साथै एउटा लाहुरे पल्टनबाट फर्कंदा के कस्तो अवस्थामा आफ्नो भूमिमा टेक्न आइपुग्छ र उसको भोगाइलाई समेटेर तयार पारिएको मर्मस्पर्धी नाटक ‘मुक्ति’ मञ्चन गरिएको थियो । त्यस्तै, जीवन शर्मा, शम्भु राई, दीपक लिम्बू, केशु पुन, देशु सुहाङ, मुमा शेर्पा, लक्ष्मी योङ्हाङलगायत दर्जन बढी कलाकारले आ–आफ्ना प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया