‘काले–काले मिलेर खाउँ भाले’

पाँचथर । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेपालको राजनीति भनेको ‘काले–काले मिलेर खाउँ भाले’ भएको जनाएका छन् ।

मंगलबार फिदिममा कोणसभामा बोल्दै यो सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाए । पाँचथरको चिवाञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म (पुष्पलाल लोकमार्ग) जनसंवाद अभियानको उद्घाटन गर्न पाँचथर आएका थिए । पाँचथरको फिदिममा भएको कोणसभालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।

वाइड बढी विमान खरिद, एनसेल प्रकरणलगायत थुप्रै विषयमा अर्बौं भ्रष्टचार हुँदा सत्ताधारी र विपक्षीसमेत मिलेर भ्रष्टाचार गरेको उनको भनाइ छ । प्रमुख दलका प्रमुख नेताहरू मिलेर काले–काले मिलेर खाउँ भन्ने उखान जस्तै भएको उनको भनाइ थियो । जनताले अनुभूत गर्ने गरी ठुल्ठूला विकासका अवधारण नआएको उनको आरोप छ । उनले आपूmहरूको जनसंवाद यात्रा देशको मेरुदण्डको रूपमा रहेको जनाए । मध्यपहाडी जनताको विकास र समृद्धिको अवस्था बुझ्नका निमित्त यात्रा गरिएको बताएका छन् ।

उनले आफूहरूको जनसंवाद यात्रा देशको मेरुदण्डको रूपमा रहेको मध्यपहाडी जनताको विकास र समृद्धिको अवस्था बुझ्नका निमित्त यात्रा गरिएको बताएका हुन् । कुनै पनि लोकप्रियता कमाउन र भोट माग्नका लागि जनसंवाद यात्रा नभएको उनको भनाइ छ ।

प्रतिक्रिया