६ महिनामा साढे १२ लाख राजस्व

बाबुराम बास्तोला, संखुवासभा । अस्थाई जिल्ला ट्राफिक प्रहरी पोष्ट संखुवासभाले चालु आर्थिक वर्षको छ महिनामा सवारी साधन कारबाहीबापत १२ लाख ५८ हजार ५ सय राजस्व संकलन गरको छ । आर्थिक वर्ष २०७५/०७५ को पहिलो छ महिनाको अवधिमा १ हजार ९ सय ३४ वटा सवारी कारबाही वापत सो राजस्व संकलन भएको अस्थाई जिल्ला ट्राफिक प्रहरी पोष्ट संखुवासभाका असई मानवहादुर खत्रीले जानकारी दिए ।

कार्यालयका अनुसार साउन महिनामा १ लाख ९० हजार, भदौ महिनामा २ लाख ४४ हजार ५ सय, असोज महिनामा २ लाख २३ हजार, कातिकमा २ लाख १४ हजार पाँच सय, मंसिरमा १ लाख ९९ हजार र पुस महिनामा १ लाख ८७ हजार ५ सय राजस्व संकलन भएको छ । यस्तै कारबाहीको क्रममा साउन महिनामा २ सय ८१, भदौमा ३ सय ७८, मंसिरमा ३ सय ३९, कातिकमा ३ सय ४०, मंसिरमा ३ सय ३ र पुस महिनामा २ सय ९३ सवारी साधनमाथी कारबाही गरिएको छ ।

जिल्लामा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेको पाइएको छ । चालु आर्थिक वर्षको छ महिनामा जम्मा १ हजार ३६ वटा मोटरसाइल मात्रै कारबाहीमा परेका हुन् । अस्थाई जिल्ला ट्राफिक प्रहरी पोष्टले मादकपदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने लगायतका कारवाहीबाट राजस्व संकलन गरेको हो ।

प्रतिक्रिया