राष्ट्रिय वाणिज्य बैंकद्वारा सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट र धादिङ जिल्लाका दृष्टि सम्बन्धि अपांगता भएका बालबालिकाहरूका लागि आवश्यक सहयोग गरेको छ । बैंकले मैत्री समाज नेपालले नुवाकोटको तुप्चेमा आयोजना गरेको विशेष किसिमको खेल सो– डाउन टेबल टेनिस ट्रेनिङ क्याम्पमा स्वयमसेवक परिचालन, आवाश तथा यातायात सहयोग, पुरस्कार र विभिन्न तालिम सामग्री उपलब्ध गराएको हो ।

आँखामा ब्लाइन्ड फोल्ड नामक पट्टि लगाई विशेष किसिमले डिजाइन गरि तयार गरिएको टेबल टेनिस बोर्डमा हातमा ग्लोब्स लगाएर विशेष खालको आवाज आउनेलाई पेडलले हिर्काएर बोर्डमा गुडाई दुई व्यक्ति बीच सुरुमा सबै सहभागीहरूलाई प्रशिक्षक प्रकाश खड्का र उनको सहयोगी प्रतीक ढकालद्वारा तालिम अभ्यास गराईएको थियो । उक्त अवधिभरको अन्तिम २ दिन श्री चण्डेश्वरी मावि, तुप्चे, नुवाकोट र जनजाग्रिति मावि, महादेववेशी, धादिङका सहभागी विद्यार्थीबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गराई एक जना छात्र, एक जना छात्रालाई नगद उपहार र सबै सहभागिहरूलाई प्रमाणपत्र समेत उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया