मुख्यमन्त्री स्वच्छता अभियान सुरु

वीरगञ्ज । प्र्रदेश–२ को मुख्यमन्त्री स्वच्छता अभियान सोमबार वीरगञ्जबाट शुभारम्भ भएको छ । वीरगञ्जको घण्टाघरमा सरसफाइ जागरण महाअभियानको आयोजना गरी स्वच्छता अभियानको शुभारम्भ प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले बेलुन उडाएर गरेका छन् ।

अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री गद्दीले एक दिनको सफाइबाट मात्र नहुने बताउँदै यसलाई निरन्तरता दिनुपर्ने बताए । सरसफाई नियमित गर्नुपर्नेमा जोड दिँदै उनले हामी जहाँ छौँ त्यहीँबाट गर्नुपर्ने बताए । मुख्यमन्त्री गद्दीले वीरगञ्जबाट नै प्रदेश सरकारको ‘बेटी पढाउ बेटी बचाउ अभियान’ को शुभारम्भसमेत गरिने बताए । ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने मुख्यमन्त्री गद्दीले जानकारी गराए ।

मुख्यमन्त्री स्वच्छता अभियान प्रदेश–२ का संयोजक सलाउदिन अहमदले स्वस्थ्य नागरिकको परिकल्पनालाई सकार गर्दै प्रदेशलाई समृद्ध बनाउ मुख्यमन्त्री स्वच्छता अभियान सञ्चालन गरिएको बताए । मुख्यमन्त्री स्वच्छता अभियान, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा भएको कायक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी, प्रदेश सांसद जन्नत अंसारी, सिंघासन साह कलवार, करिमा बेग्म, प्रदेश सचिव हरि फँुयाल, पूर्व सांसद रामचन्द्र साह, अजय दुवेद्वि, नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष श्याम बंजारा लगायतकाको सहभागिता रहेको थियो ।

घण्टाघरबाट अभियानको सुभारम्भ भए पछि वीरगंज नगर क्षेत्रमा सरफाई समेत गरिएको थियो । सरसफाई कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, द हेल्पेज नेपाल, विभिन्न विद्यालयका छात्र÷छात्रा लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया