बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ टेबल

काठमाडौँ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई टेबल गरे ।

आजको दोस्रो बैठक सुरु हुनेबित्तिकै नेपाली कांग्रेसका सांसदहरु आ–आफ्ना स्थानबाट उठी बैठकलाई अवरोध गरेका थिए । अवरोधका बीचमा नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आजको शून्य विशेष समय नहुने र दैनिक कार्यसूचीबाट विभिन्न बुँदा हटाएको जानकारी दिए ।

यसपछि नेपाली कांग्रेसका सांसद आ–आफ्ना आशनबाट उठी रोष्टम अगाडि गई नाराबाजी गरिरहे । नाराबाजीका बीचमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ लाई टेबल गरे ।

अध्यक्ष तिमल्सिनाले बैठक आधा घण्टाका लागि बैठक स्थगन गरेका थिए । नेपाली कांग्रेसले आफ्ना शीर्ष नेता स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै आजको बैठक सञ्चालनमा अवरोध गरेको हो ।

यसअघि माघ दुई र सात गतेको बैठक पनि कांग्ेरसले सोही कारण अवरुद्ध गरेको थियो । मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौ वटा ठूला अस्पताल संघअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो । तर जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र ९तनहुँ० र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल ९बाँके० कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय नगरेको बताइन्छ । यसमा कांग्रेसले आपत्ति जनाउँदै आएको छ ।

प्रतिक्रिया