हरिशरण स्मृति खुल्ला बुद्धिचाल हुने

काठमाडौं । स्वर्गीय हरिशरण महर्जनको स्मृतिमा तेस्रो हरिशरण महर्जन स्मृति खुल्ला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । किर्तिपुरको पुष्पसदन आवासीय माध्यमिक विद्यालयमा माघ १९ देखि संचालन हुने प्रतियोगिताको दौरान अन्तर बिद्यालय बुद्धिचाल प्रतियोगिता पनि हुने पुष्पसदन आवासीय माध्यमिक विद्यालयका संस्थापक एवंम् निर्देशक महेश श्रेष्ठले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

खुला बुद्धिचाल तर्फ १८ सय रेटिङभन्दा कम भएका खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् । खुल्लातर्फ प्रथम स्थान हात पार्नेले १२ हजार,दोश्रो हुनेले ७ हजार र तेश्रोले ५ हजार प्राप्त गर्ने छन् भने चौथो देखि उत्कृष्ट दश स्थान हाँसिल गर्ने खेलाडीले पनि जनही १ हजार नगद प्राप्त गर्ने छन् ।

पुष्पसदन आवासीय माध्यमिक विद्यालयको आयोजनामा संचालन हुने अन्तर बिद्यालयतर्फ ३ समूहमा प्रतिस्पर्धा हुनेछ । सब जुनियर कक्षा १ देखि ४ सम्म, जुनियर कक्षा ५ देखि ७ सम्म र सिनियर कक्षा ८ देखि १० सम्ममा खेलाडीले आ–आफ्ना विद्यालयबाट सहभागिता जनाउन सक्नेछन् ।

अन्तर बिद्यालयतर्फ बिजेताले १० हजार, दाश्रोले ७ हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । तीन दिने प्रतियोगिताको माघ १९ मा उद्घाटन हुनेछ भने माघ २६ र माघ २७ सम्म संचालन हुनेछ ।

प्रतिक्रिया