भोजपुर डबली मेला सुरु

भोजपुर । जिल्लाकै ऐतिहासिक ‘भोजपुर डबली मेला २०७५’ सुरु भएको छ । मेलामा जिल्लाको लागि फरक इतिहास तथा भोजपुरलाई बाह्य मुलुकमा चिनाउँदै परिचित बनेको भोजपुरे खुकुरी, राडीपाखी, कृषिजन्य खाद्य पदार्थको प्रदर्शनी तथा बिक्री भइरहेको आयोजकले जनाएको छ ।

सदरमुकामस्थित स्थानीय टुँडिखेलमा सञ्चालित मेलामा निःशुल्क स्वास्थ्य शिविर, लोकदोहोरी प्रतियोगिता, अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता र पूर्वाञ्चलकै सर्वाधिक धनराशि भएको भोजपुर आइडलको दोस्रो अडिसनसमेत हुने मेला आयोजक संस्थाका अध्यक्ष प्रकाश राईले जानकारी दिए ।

अध्यक्ष राईकाअनुसार आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका निम्ति ३३ वटा स्टल राखिएको छ । १० गतेदेखि सुरु भएको मेलामा ५० लाख बराबरको कारोबार हुने र ४ फागुनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया