सेञ्चुरी बैंकको एटिएम सेवा नगरकोटमा पनि

काभ्रे । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काभ्रेको नाल्दुम नगरकोट शाखामा पनि एटिएम सेवा विस्तार गरेको छ । माघ ११ गतेबाट सञ्चालन हुने गरी ग्राहकहरूको सेवालाई ध्यान दिँदै सो सेवा विस्तार गरिएको शाखाका प्रमुख मधु लामिछानेले जानकारी दिए ।

शुक्रबार सेवाको उदुघाटन नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामा र मण्डन देउपुर नगरपालिकाको २ नम्बर वडाका अध्यक्ष केशव तिमल्सीनाले सेवाको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

शाखाका प्रमुख लामिछानेका अनुसार अब बैंकले ६० वटा एटिएम शाखाबाट सेवा सूचारु हुने बताइएको छ । बैंकले काठमाण्डौ उपत्यकामा १३ शाखाहरू ६ वटा एक्स्टेन्सन काउन्टरहरू, उपत्यका बाहिर ९६ शाखाहरू, २ वटा एक्स्टेन्सन काउन्टरहरू र १२ वटा शाखा रहित बैंकिङ गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया