कविता- गुडिया जी !

     बलराम तिमल्सिना

गुडिया जी !
माफ गर्नुहोला

तपाई गुडियाजस्तै हुनुहुन्छ
यो कुनै मिथ्या आरोप हैन
बरु तपार्इंको सक्कली पहिचान हो !

जसरी गुडिया हात हातमा खेल्छ
गुडियाको कुनै संवेदना हुँदैन
गुडियाको कुनै सपना हुँदैन
उसलाई
दुख्दैन, पोल्दैन केही हुँदैन
साँच्चै तपाई पनि त्यस्तै हुनुहुन्छ !

सुन र सौन्दर्य
खाइसुख र लाइसुख
बस तपाई लाई यत्ति भए पुग्छ
थाँक्रो बनाएर एउटा भाले शरीर
तपाईलाई लहरिन पाए पुग्छ
कसले कतिखेर
आहा ! कति राम्री भन्ला र
मस्किँदै ‘थ्यांक यु’ भनौँला भन्ने
एउटा मात्र ध्याउन्नमा भएकीतपाई

साँच्चै गुडियाजस्तै हुनुहुन्छ !

 

उमेर, अनुहार र यौनको
विज्ञापन गरेर नथाक्ने
म पनि मानिस हुँ
यस्तो कहिल्यै नसोच्ने
केवल लजाउन मात्र जान्ने
केवल मस्किन मात्र जान्ने
पुरुषहरूको हातमा खेल्दा
परम सुखको अनुभूति गर्ने
अझै मान्छे बन्न नसकेकी
तपाईं वास्तवमै गुडिया हो !

गुडियाहरू
सुन्दर हुन्छन् तर सोच्दैनन्
खेल सामग्री बन्छन् तर खेल्दैनन्
जसरी बजारमा आएपछि नयाँ गुडिया
पुराना गुडिया घु¥यानमा फालिन्छन्
ठीक त्यसैगरी,
रस होउन्जेल निचोरिएर
रस सकिएपछि फालिएकी
तपाईं खोइलाजस्तै हो
तपाईं साँच्चै गुडिया हो !

गुडिया जी !
यो सैसत्य कैरनको लागि
एकदम रिसानी माफ है !

प्रतिक्रिया