जो ५० वर्षका लागि लक्षित गरेर लेख्थे

शरद शर्मा, काठमाडौं । साहित्यकार शंकर लामिछानेका रचनालाई ५० वर्ष पछिलाई लक्षित गरेर लेख्ने गरेको पाइएको छ ।  लामिछानेको ४३ औ स्मृति दिवसको अवसरमा शंकर लामिछाने प्रतिष्ठानले बिहीबार राजधानीमा आयोजना गरेको ‘युवा हेराइमा शंकर’ कार्यक्रममा उनीहरूले लामिछानेले ५० वर्षपछिका युवालाई लक्षित गरेर आफ्ना रचनामा प्रकाशित गरेकोले युवामाझ उनका रचना लैजानुपर्ने बताए ।

कार्यक्रममा इतिहासकार प्राडा सुरेन्द्र केसीले लामिछानेका कृतिलाई विश्वभर पु¥याउनका लागि युवापंक्तिलाई जगाउनुपर्ने बताए ।
उनले निबन्धको क्षेत्रमा लामिछाने वाहेक अरु कोही नै नभएको भन्दै उनले लेखेका कृतिलाई विश्वभर पु¥याउनका लागि अंग्रेजीमा अनुवादन गर्नुपर्ने बताए ।

प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले युवा निवन्धकारलाई शंकर लामिछानेको व्यक्तित्वलाई जानकारी गराउनुपर्ने बताए । उनले अहिलेका युवा निबन्धतिर आकर्षित भएकोले लामिछानेका रचनालाई बढीभन्दा बढी वुझाउन सक्नुपर्ने बताए ।  उनले प्रतिष्ठानले उनका निवन्धलाई अंग्रेजीमा अनुवादन गरिरहेको समेत जानकारी गराए । साहित्यकार युवराज नयाँघरेले ५० बर्ष पछिका युवालाई लक्षित गरेर उनले निबन्ध लेख्ने गरेको भन्दै निवन्धमा उनले लेखिएका चिन्तनभन्दा नयाँ कुरा अहिलेसम्म नेपाली साहित्यमा नआएको बताए ।

रामप्रसाद पन्तले निबन्धमा लक्ष्मीप्रसाद देवकोटाले हृदयलाई मात्र छुने गरेको तर लामिछानेले हृदय र मस्तिष्क दुवैलाई छोएर लेख्ने गरेको बताए । पवन आलोकले लामिछानेका रचनाले ५० बर्ष पछिका युवालाई मार्गदर्शन दिएको हुनाले उहाँका रचना युवालाई पढ्न दिनुपर्ने बताए ।
ज्ञानु अधिकारीले युवा साहित्यकारले उहाँले लेखका रचना बढी मनपराउने भएकोले युवा साहित्यकारले लेख्नुभन्दा पहिले उहाँका कृति पढ्नुपर्ने बताए ।

कार्यक्रममा लामिछानेकी श्रीमती रत्ना लामिछानेले ५० बर्षपछिका युवालाई लक्षित गरि निवन्ध लेख्ने गरेको भन्दै उनको विरासतलाई जोगाउनुपर्ने बताए । १९८४ चैत ५ गते काठमाडौमा जन्मेका भएका लामिछानेको निधन २०३२ साल माघ १० गते भएको थियो ।  गौथलीको गुँड (कथासंग्रह), विम्ब प्रतिविम्ब (निवन्ध), ‘ एब्स्ट्रयाक्ट चिन्तनः प्याज’ (मदन पुरस्कार–२०२४) ‘गोधुली संसार’ लगायतका उनका प्रकाशित कृति रहेका छन ।

नेपालमा पहिलोपटक २०१९ सालमा जापानबाट ‘हाइकु’ भित्र्याउनमा उहाँको देन रहेको छ ।  उनका निवन्धमा चिन्तनवादी, मानविय सन्देश, महिलालाई हेर्ने दृष्टिकोणमा संवेदनशीलता, सामाजिक धरातलमा टेकेर लेख्ने र वस्तुनिष्ट पाइन्छ । प्राध्यापक पेशासहित पुस्तकालयका अध्यक्ष, कयुरियो व्यापारी र शारदा पत्रिकाका समेत सम्पादन उनले गरेका थिए ।

प्रतिक्रिया