एआइए कप बास्केटबल

काठमाडौं । छैटौं अवेरनेश इन्टरनेसनल एकेडेमी (एआइए) इन्टर स्कुल बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ । शंखमूलस्थित आयोजक एआइए स्कुलमा बिहीबार भएको पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद अर्यालले प्रतियोगिताको बारेमा जानकारी दिए । विद्यालयमा भएका प्रतिभालाई उजागर गर्ने उद्देश्यले आगामी माघ १७ गतेसम्म हुने प्रतियोगितामा छात्रा, छात्र र जुनियर छात्रतर्प ९ ५ फिटभन्दा मुनि खेल हुनेछन् ।

छात्रतर्पm सहभागी १२ विद्यालयलाई चार समूहमा विभाजन गरी खेलाइने विद्यालयका म्यानेजिङ डाइरेक्टर एवं खेल संयोजक बिमल घिमिरेले जानकारी दिए । छात्रा र जुनियर छात्रमा कुल ८ टिमले ट्रफीका लागि प्रतिस्पर्धा गर्नेछन् । यी दुवै दुई समूहमा विभाजन गरी खेलाइनेछ ।  तीनै विधातर्प मस्ट भ्यालुएबल प्लेयरलाई ट्रफी प्रदान गरिने आयोजकले जनाकारी दिएको छ । प्रतियोगिताको विजेताले शिल्ड र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि तीन लाख रुपैयाँ अनुमानित खर्च लाग्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया