भारतको विजयी सुरुआत

एजेन्सी, नापिर । न्युजिल्यान्ड भ्रमणमा रहेको भारतीय टोलीले पाँच एकदिवसीय क्रिकेटमा विजयी सुरुआत गरेको छ । खेलमा भारतका मोहम्मद शमीको उत्कृष्ट बलिङको मद्दतमा बुधबार भारतले डिएल मेथडमा घरेलु टोली न्युजिल्यान्डमाथि ८ विकेटको शानदार जित निकाल्न सफल भएको हो ।

१ सय ५७ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको भारतले ३४।५ ओभरमा १ सय ५६ रन जोड्ने क्रममा वर्षा भएपछि खेल रोकिएको थियो । त्यसपछि डिएल मेथडबाट लिएको निर्णयमा भारत ८ विकेटले विजयी भयो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्ड ३८ ओभर खेल्दा १ सय ५७ रनमा समेटिएको थियो । ओपनर मार्टिन गुप्तिल र कोलिन मुन्रो सस्तैमा समेटिँदा घरेलु टोली न्युजिल्यान्डको इनिङ संकटमा परेको थियो । दुवैलाई भारतीय बलर शमीले पवेलियनको बाटो देखाएका थिए ।

त्यसपछि ब्याटिङमा आएका कप्तान केन विलियम्सनले व्यक्तिगत ६४ रन जोड्दै घरेलु टोलीको इनिङ्लाई उकासे । ८१ बलको सामना गरेका विलियम्सनले ७ चौका प्रहार गरे । यस्तै रोस टेलरले व्यक्तिगत २४ रनको स्कोर गरे पनि बाँकी ब्याट्सम्यानले भारतको कसिलो बलिङ सामु खेल्न सकेनन् । धरासयी बनेको इनिङ्लाई उकास्न संघर्षरत न्युजिल्यान्ड ३८ ओभरमा समेटियो ।

बलिङतर्फ भारतका कुलदीप यादवले सर्वाधिक ४ विकेट हात पार्दा शमीले ३ विकेट लिएका थिए । जवाफी ब्याटिङ गरेको भारतका लागि शिखर धवनले अविजित ७५ र अम्बाती रायडुले १३ रन बनाउँदै ३४।५ ओभरको समाप्तिमा १ सय ५६ रनको योगफल बनाएका थिए । जितका लागि एक रन मात्र आवश्यक भएको अवस्थामा वर्षा भएपछि रोकिएको खेलमा भारत डिएल मेथडमा विजयी भयो ।

यसअघि ओपनर राहित शर्माले एक चौकको मद्दतमा ११ रन जोड्दै पवेलियन फर्किएका थिए । कप्तान विराट कोहली ४५ रनमा फर्गुसनको बलमा क्याच भए । ५९ बलको सामना गरेका विराटले ३ चौका प्रहार गरे । बलिङतर्पm न्युजिल्यान्डका लागि डउग बार्सिवेल र लकेइ फर्गुसनले समान एक÷एक विकेट लिए । दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ ।

प्रतिक्रिया