मेलम्चीको काम सेनालाई !

काठमाडौं । मेलम्चीको ठेकेदार इटालियन कम्पनी सिएमसी नफर्किने भएपछि बाँकी काम नेपाली सेनालाई दिने तयारी भएको छ । सरकारले यस विषयमा नेपाली सेनासँग छलफल थालेको छ ।

सिएमसी भागेपछि ऊसँगको ठेक्का रद्द गर्ने कानुनी प्रक्रिया सुरु भइसकेको छ । दुई साताको समय दिइसकेकाले त्यसपछि कसलाई बाँकी काम गर्ने जिम्मा दिने भन्नेबारेमा सरकारले निरन्तर छलफल गरिरहेको छ ।

केहीसयम अघि दाताहरूसँग परामर्श गरेपछि सरकारले सेनालाई दिँदा उचित हुने निष्कर्ष निकालेको छ । नयाँ ठेकेदार छनोट गरेर काम अघि बढाउनु अर्को जोखिम हुने भन्दै नेपाली सेनाबाटै काम सम्पन्न गराउने छलफल सुरु गरेको हो ।

‘मेलम्ची उपत्यकामा काम गर्न सहज छैन । सुरुङको सुरक्षा संवेदनशीलतालाई पनि हामीले ध्यान दिनुपर्छ । फेरि हामीलाई छिट्टै काम सक्नुपनि छ’, खानेपानी मन्त्रालयका एक अधिकारीले भने, ‘सबै पक्षलाई हेरेर नेपाली सेनालाई नै अघि सारौँ भन्ने कुराकानी राजनीतिक तहमा भएका छन् ।’

यसमा आयोजनासम्बद्ध नेपाली अधिकारीहरू पनि सकारात्मक देखिएका छन् । एडिबी सार्वजनिक खरिद ऐनअनुसार नै नयाँ ठेक्का लगाएर काम अगाडि बढाउने पक्षमा छ ।

प्रतिक्रिया