हिउँमा चिप्लेटी

हुम्ला । हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) सुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् ।

हुम्ला सांस्कृतिक तथा पर्यटन पवद्र्धन युवा सञ्जाल तथा ‘स्कि स्नोबोडिङ फाउण्डेशन नेपाल’को सहकार्यमा चप्लेटी सञ्चालन गरिएको सञ्जालका अध्यक्ष अविनाश लामाले बताए । ‘हिउँमा चिप्लेटी खेल्ने सामग्री एक हप्ता अगाडि नै ल्याएका हौँ, हामी हिमपातको पर्खाइमा थियौँ,’ उनले भने ।

जिल्लामा मङ्सिरदेखि नै हिमपात हुने भएकाले चिप्लेटी खेललाई निरन्तरता दिन सके आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउन सकिने लामा बताए ।

प्रतिक्रिया