काठमाडौंसहित अधिकांश भागमा वर्षा, जाडो अझै बढ्ने

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भागमा वर्षा भइरहेको छ । काठमाडौंमा बुधबार बिहानसम्म ५.५ मिलिलिटर पानी परेको छ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट सोमबारदेखि सुरु भएको वर्षा मंगलबार रातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको छ ।

पानी पर्ने क्रम बुधबार रातिसम्म रहने मौसमविद्हरुको अनुमान छ । रातिदेखि परेको पानी बुधबार दिउँसो केही समय रोकिए पनि बेलुकीपखबाट फेरि सुरु हुने मौसमविदले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले देशको मध्य तथा पूर्व भागमा आज रातिसम्म वर्षा हुने मौसमविद्ले बताएका छन् । आज दिउँसो भने केही समय वर्षाको क्रम रोकिए पनि बेलुकीपखबाट यसले पुनः निरन्तरता पाउने सम्भावना रहेको बताइएको छ । देशका पश्चिम भागहरुमा भने भोलिसम्म वर्षा हुने शाखाको भनाइ छ ।

पूर्वी भागमा बुधबार बिहान पानी परेको छैन । तर दिउँसोदेखि पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम विज्ञान विभागले दोलखा जिल्ला भन्दा पूर्वतर्फको भागले पूर्वी भाग भन्ने गर्दछ ।

धेरै जसो स्थनामा पानी परेकाले अधिकतम तापक्रम घट्ने छ र जाडो बढ्ने छ । काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष शून्यसम्म पुगेको छ । पानी परेकाले जाडो बढ्ने भए पनि शून्यभन्दा तल भने नझर्ने मौसमविदले अनुमान गरेका छन् ।

प्रतिक्रिया