पियरसनद्वारा दोस्रो ‘पिटिई एकेडेमिक सेन्टर’ सुरु

काठमाडौं । उत्कृष्ट अध्ययन कम्पनी पियरसनले काठमाडौंमा पियरसन इन्लिस एकेडेमिक ‘पिटिई एकेडेमिक’ सञ्चालनमा ल्याएको छ । नयाँ केन्द«को स्थापनासँगै पियरसनको पिटिए एकेडेमीको पहुँच वृद्धि गर्ने, आप्रवासी र विदेशमा पढ्न इच्छुक व्यक्तिलाई अध्ययनका लागि सहयोग गर्ने, छिटो र विश्वव्यापी मान्यता प्राप्त गर्ने अंग्रेजी भाषा प्रवीणता परीक्षण बनाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ । पिटिई एकेडेमिक एक कम्प्यूटर आधारित भाषा परीक्षण हो ।

यसले सटिक र निष्पक्ष स्कोर परिणामको लागि धेरै लोकप्रियता प्राप्त गरिरहेको छ । परीक्षण स्कोर वैधता प्रदान गर्नका लागि पियरसन परीक्षण केन्द्रहरूले स्टेट अफ आर्ट, उद्योगका प्रमुख सुरक्षा उपायहरू जस्तै पाल्म–स्क्यानिङ, सुरक्षित पेपरलेस परिणामहरू, अनियमित परीक्षण ढाँचा र सिसिटिभी समावेश गर्ने जस्ता प्रयोग गरेर आकांक्षाअनुसार परीक्षण वातावरणलाई नियन्त्रण गर्छ ।

पिटिई एकेडेमिक हार्वर्ड किजनेस स्कुल, येल यनिभर्सिटी, इनसिड, लण्डन बिजनेस स्कुल लगायतका विश्वविद्यालय र कलेजहरूद्वारा स्वीकृति प्राप्त गरिसकेको छ । यसलाई अष्टे«लिया र न्युजील्याण्ड विश्वविद्यालयहरूको १०० प्रतिशत स्वीकार गरिसकेको छ भने संयुक्त राज्य अमेरिका, युके, क्यानाडा, सिंगापुर र जर्मनीमा यसको स्वीकृत संख्या वृद्घि भइरहेको छ । यस परिक्षण अष्ट्रेलिया र न्यूजील्याण्डको भिसा र माइग्रेसनका आवेदन फर्मका लागि पनि प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया