नेपाली बजारमा मित्सुबिसी एक्लिप्स

काठमाडौं । मित्सुबिसी मोटर्स जापानको नेपालका लागि आधिकारिक बिक्रेता लियोन मोटर्सले मित्सुबिसीको क्रसओभर ‘एक्लिप्स’ नेपाली बजारमा भित्र्याएको छ । विश्व बजारमा ४ भेरियन्टमा एक्लिप्सको मोडलहरू उपलब्ध रहेका छन् । एक्लिप्स क्रसओभर कार हो । जसमा १.५ लिटरको टर्बोचार्जड पेट्रोल इन्जिन दिइएको छ । यो इन्जिनले १५२ बीएचपी पावर तथा २५० एनएम टर्क उत्पादन गर्छ ।

यो मोडलमा १७ इन्चको एलोय ह्वील रहेको एक्लीप्सको ग्राउण्ड क्यिरेन्स १८० एमएम रहेको छ । पछाडि सुपर राउन्ड ठूलो साइजको एलइडी टेललाईट दिइएको छ, जसलाई दुवैतर्फ एलइडी रेड लाइनले जोडिएको छ । यसले रियर विन्ड–स्क्रिनलाई स्प्लीट गरेर दुईवटा बनाएको छ । यसमा रियर वाइपर पनि स्पोइलरभित्र लुकाइएको छ भने, रूफमा सार्क–फिन एन्टेना दिइएको छ । बम्पर तथा त्यसको वरिपरी ब्ल्याक कलरको क्लाइडिङ दिइएको छ । अगाडि र पछाडि रहेको सिल्भर कलरको स्केड प्लेटले कारलाई अझ आकर्षक बनाएको छ ।

बुट स्पेसको कुरा गर्दा ६२५ लिटरको स्पेश पाउन सकिन्छ । पछाडिको सीट फोल्ड गर्ने हो भने यसको क्षमता बढाएर १३८० लिटरसम्म पु¥याउन सकिन्छ । सुरक्षाको लागि एबीएस, इबीडी, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ट्रयाक्सन कन्ट्रोल, एक्टिभ स्टेबिलीटी कन्ट्रोल, हाइ हिल असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, व्लाइन्ड स्पट वार्निङ, तथा फ्रन्ट र कटन एयरव्याग जस्ता सबै आधुनिक फिचरहरू बाट यो सुसज्जित रहेको छ । मित्सुवीसीको एक्लीप्स टुह्वील तथा अलह्वील ड्राइभ भर्सनमा नेपाली बजारमा उपलब्ध छ । यसको सुरुवाति मूल्य १ करोड २ लाख ५० हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया