शिवम् सिमेन्टकोे लक्की–ड्र सम्पन्न

काठमाडौं । शिवम् सिमेन्टको ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ उपभोक्ता योजना अन्तर्गतका ६० कुपन विजेता र १२० जना विजेताहरूको नाम लक्की–ड्रमार्फत सार्वजनिक गरिएको छ । हेलिकप्टरबाट काठमाडौं–गोसाईकुण्ड–काठमाडौं, देव दर्शन यात्राको दोस्रो चरणअन्तर्गत सो विजेता घोषणा गरिएको हो ।

दोस्रो चरणको लक्की–ड्र नेपाल भरबाट संकलित कुपनहरूका मध्येबाट पत्रकार सम्मेलन गरी ६० जना भाग्यशाली विजेताहरूको नाम सार्वजनिक गरिएको थियोे । जसमध्ये प्रत्येक कुपनबापत २ जना विजेता गरि १२० जनाले हेलिकप्टरबाट गोसाईकुण्ड जान सक्नेछन् । यस योजनामा हालसम्म १२० कुपन मार्फत २४० जना छनौट भई सकेका छन् भने अझै २४२ जनाका लागि हेलिकप्टरबाट गोसाईकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको छ ।

शिवम् सिमेन्टले यहि पुस ५ गते देखी ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरि हात खाली नहुने उपहार १ सय देखि १ हजार सम्म नगद र २ दशमलव ५० ग्राम देखि १० ग्राम सम्मको सुन समावेस गरिएको थियो । छोटो समयमा उत्साह जनक रूपमा सहभागिता जनाई यस योजनालाई सफल पार्न सहयोग गरेकामा शिवम् सिमेन्टस् परिवार सम्पूर्ण ग्राहक वर्गहरूलाई हार्दिक धन्यवाद दिँदै अझै यस योजनाअन्र्तगत सेयर सट पुरस्कारमा करोडौँको नगद उपहार तथा सयौँ तोला सुनका जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया