भुवनको ‘क्यापटेन’ आउँदै

बाँके । नायक भुवन केसी आाफ्नो नयाँ चलचित्र क्याप्टेनको प्रचारप्रसारमा जुटेका छन् । प्रचारप्रसारका लागि पश्चिम नेपालका जिल्लाहरू पुग्ने क्रममा मङ्गलबार नेपालगञ्ज पुगेका नायक तथा अभिनेता केसीले संचारकर्मीसँग कुरा गर्दै क्याप्टेनमा नेपालको फुटबलको कथावस्तुलाई समेटेको बताए । चलचित्रमा नायक केसीका छोरा अनमोलको मुख्य भूमिका रहेको छ ।

यो चलचित्र करिब दुई करोड ५० लाखको लगानीमा निर्माण भएको चलचित्र ‘क्याप्टेन’को प्रविधिक पक्ष आत्याधुनिक रहेको केसीले दावी गरे । अनमोलसँगै सरोज खनाल, सुनील थापा जस्ता नयाँ र पुराना कलाकारको संगमको रूपमा चलचित्र तयार पारिएको जानकारी दिदैं केसीले चलचित्र फागुन १७ गते रिलिजको तयारी गरिएको बताए ।

नेपाली फुटबलले गाउँदेखि शहर हुँदै साफमा पदक जितेकोसँगै यसभित्रका विकृति र विसंगति पनि चलचित्रमा समेटिएको उनको भनाई छ । केसीले फुटबलको विकासका लागि खेलाडीलाई राज्यले मनोबल बढाउनुपर्ने सन्देश दिन खोजिएको बताए । क्याप्टेन केसीको आफ्नो प्रोडक्सन हाउस सुपर काजल फिल्मसले निर्माण गरेको हो ।

‘नेपाली खेलकुदको विकास तथा त्यस भित्र रहेका बेथितिको उजागर गर्नुको साथै गाउँदेखि फुटबल खेल्न सुरु गरेर कसरी साफ गेमसम्म पुगेर आफ्नो देशको लागि पदक जित्न सकिने कुरालाई फिल्ममा देखाउन खोजिएको उहाँले बताए ।

छोरा अनमोल केसीको मुख्य भुमिका रहेको सो फिल्म नेपाली फुटबलको विषयमा बनेको पहिलो फिल्म भएको उनको दाबी छ । उनले सरकार र नेपाली जनताले आफ्ना खेलाडिको मनोबल बढाउदै विजयी हुनको लागि हौसला दिन आवश्यक रहेको बताए । नेपालमा छायाङकन हुने स्थान नपाएपछि सिक्किमको स्टेडियम रंगशालामा छायाङकन गरिएको हो ।

विभिन्न थिति बेथितीलाई अलग्गै पन्छाएर देशको प्रतिनिधित्व गरेर खेल्न जाने खेलाडिको मनोबल बढाउन सबैले सबै क्षेत्रबाट पहल गर्न जरुरी रहेको नायक केसीले बताए । खेलक्षेत्रमा यस फिल्मले ठुलो योगदान गरिने उनको भनाई छ ।

खेलाडीको मनोवललाई उच्च राख्न यस फिल्मले धेरै मेहनतका साथ छायाङकन गरिएको समेत नायक केसीले पत्रकार सम्मेलनमा जानकारी दिए । चलचित्रमा सरोज खनाल, सुनिल थापा जस्ता अग्रज कलाकारको समेत भुमिका क्याप्टेन फिल्ममा देख्न सकिने उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतिक्रिया