वासुदेवको ‘म त मरेको मान्छे’ बजारमा

काठमाडौं । गीतकार वासुदेव घिमिरेले नयाँ गीत ‘म त मरेको मान्छे’ को म्युजिक भिडियो बजारमा ल्याएका छन् ।  घिमिरेको शब्द रहेको उक्त गीतमा कलाकार तथा पत्रकार भोला अधिकारीले संगीत भरेका छन् ।

गीतमा गायक रविन अधिकारीको एकल आवाज छ । संगीत संयोजन केबी भण्डारीले गरेको उक्त गीतको भिडियो निर्देशन सोनु कुमारले गरेका छन् । गीतको छायांकन जनकराज अधिकारी तथा राज कार्कीले सम्पादन गरेका छन् । गीतको भिडियोमा भोला अधिकारी, सुकदेव घिमिरे र रोजी श्रेष्ठको अभिनय छ ।

प्रतिक्रिया