स्पर्श र अद्रित फाइनलमा

काठमाडौं । स्पर्श तिमिल्सना र अद्रित नेपाल १६औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित टेनिस कोर्टमा भएको यु–९ ब्वाइज सिंगल्सको सेमिफाइनलमा स्पर्शले सम्खाहाङ राईलाई ४–२ र ५–३ तथा अद्रितले हिमेसराज गिरीलाई ४–१ र ४–० को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त तय गरेका हुन् । सोही स्पर्धाको गल्र्समा नाला मास्केले साम्राज्ञी लामालाई ४–२, ३–५ र १०–७ तथा प्राज्णा मानन्धरले युरन जियाङलाई ४–० र ४–० ले हराउँदै उपाधि भिडन्त पक्का गरे ।

यु–१२ ब्वाइज सिंगल्समा प्रणव मानन्धरले जेड आलेमगरलाई ६–४ र ६–२, स्लोक कजेर खड्काले सक्षमकुमार गुप्तालाई ६–० र ६–०, आयुशमान हजुर घलेले बेदाङ गौतमलाई ६–० र ६–०, राजवीर प्रधानले निशाद जोशीलाई ६–१ र ६–०, सक्षमविक्रम शाहले बोरिस अधिकारीलाई ६–० र ६–१, सरोज तामाङले श्रृजन भट्टराईलाई ६–० र ६–०, रुसात अरोराले साश्वत वज्राचार्यलाई ६–२ र ७–५ तथा ऋद्भिक कार्कीले निश्चल कायश्थलाई ६–४ र ६–३ को सींधा सेटमा पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

यु–१० गल्र्स सिंगल्समा समृद्धि महर्जनले कर्मिस्था श्रेष्ठलाई ६–१ र ६–४, अर्निका थापाले आर्या भर्गिसलाई ६–१ र ७–५, शैभी ढकालले आइसानी बटाजुलाई ६–० र ६–१ त्था प्रतिष्ठा लामाले नाला मास्केलाई ६–२ र ६–० ले पन्छ्याउँदै क्वार्टरफाइनलमा स्थान बनाए । यु–१२ गल्र्स सिंगल्समा प्रशंसा मोक्तानले अर्निका थापालाई ६–० र ६–० तथा इभा अधिकारीले प्रतिष्ठा लामालाई ६–१ र ६–१ को सोझो सेटमा निराश पार्दै सेमिफाइनल यात्रा तय गरे ।

ब्वाइज डबल्समा जेड आलेमगर र सौगात विक, प्रीतम परियार र आयुशमान हजुर घले तथा चीराग तिमिल्सिना र राजवीर प्रधानको जोडी आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भए ।

प्रतिक्रिया