गाउँगाउँमा बिस्तार हुदै बिजुली

कृष्ण ओझा, पाँचथर । फाल्गुनन्द गाउपालिकामा तिव्र गतीमा बिजुली बिस्तार भइरहेको छ । केन्द्रिय प्रसारणलाइन मातहतको बिधुत बिस्तार युद्ध गतिमा इरहेको स्थानिय युवा राजेन्द्र आङदम्वेले बताए । आङदम्वे आफै विजुलिका पोलहरुमा तार तान्ने र पोल गाड्ने काम गरिरहेका छन ।

पाँचथर उज्यालोे अभियानलाइ साकार बनाउन लागेको उनी बताउछन । एक मात्र संघिसांसद वसन्त कुमार नेम्वाङले पाँचथरलाइ उज्यालो बनाउन बिधुत बिस्तारका लागी गुरुयोजना बनाएको बताए ।

सोहिअनुरुप काम धमाधम तिब्रगतिमा भइरहेको पाईन्छ । उपभोक्ता आङम्वेका अनुसार फाल्गुनन्द वडा नम्बर १ साविक नवमिडाडा गाविसमा विजुलि विस्तारका लागी एक करोड ५० लाख बराबर लागतमा बिधुत विस्तार भइरहेको छ ।

त्यस क्षेत्रमा २ किलोमिटर एचडि लाइन विस्तार हुने र साविक नवमिडाडा वडा नम्बर ८ र ९ को पायक पर्ने ठाउमा एकसय केभिको ट्रान्सफर्मर राखिने भएको छ । साविक वडा १, ४ र ५ लाई हुने गरि साविक वडा ४ नागिमा भएको ५० केभिको ट्रान्सफर्मर हटाए एकसय केभिको ट्रान्सफर्मर राखिने भएको छ ।

त्यस्तै साविक गाविसका २, ३ , र ७ लाइ हुने हुने गरि नवमिडाडा ३ नर्कटेमा भएको ५० केभिको ट्रान्सफर्मर राखिने भएको छ । त्यहा वडा नम्बर २ मा दुई सय मिटर बिजुलिको नयाँ लाइन बिस्तार हुने बताइएको छ ।

त्यस्तै वडा ३ मा पनि एकसय मिटर नयाँ लाइन बिस्तार हुने भएको छ । त्यस्तै वडा नम्बर ५ मा २५ सय मिटर नया लाइन बिस्तार हुने भएको आङदम्वेले जनाए ।त्यस्तै वडानम्बर ८ मा पनि २५ सय मिटर नयाँ लाइन बिस्तार हुने भएको छ ।

त्यस्तै साविक वडानम्बर ९ मा पनि २५ सय मिटर नयाँ बिजुली बिस्तार हुनेभएको आङदम्वेले जनाएका छन । पाँचथरमा सबै पालिकामा बिजुली बिस्तार तिब्रगतिमा काम भइरहेका छ ।

प्रतिक्रिया