राष्ट्रिय वाणिज्य बैंकले थप्यो तीन शाखा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले तीन नयाँ शाखा विस्तार गरेको । काठमाडौं महानगरपालिका वडा ६ बौद्धमा, जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा ४ गौरीखाली र रुकुम पूर्व जिल्लाको सिस्ने गांउपालिका ६ रुकुमकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यसपछी बैंकको शाखा कार्यालयहरूको संख्या २१५ पुगेको छ ।

स्मार्ट ब्रान्चबाट शाखा अख्तियारी भित्रका ३० लाख रुपैंया सम्मका व्यवसाय कर्जा, २५ लाख रुपैंया सम्मको घर कर्जा, २० लाख रुपैंया सम्मको गाडी कर्जाहरू सबै कागजात प्राप्त भएको सात कार्यदिन भित्र लगानी गरिने छ । राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरूलाई चरणगत रुपमा स्मार्ट ब्रान्चको रुपमा विकास गर्दै लैजाने छ । बैंकले गत पुस मसान्त भित्रमा सातवटै प्रदेशमा प्रदेश कार्यालय र सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।

प्रतिक्रिया