डिएफएसकेको एसयुभी ‘ग्लोरी–५८०’ नेपालमा

काठमाडौं । नेपाली बजारमा चाइनिज होम–ब्राण्ड डोङ्फेङ् सकोन (डीएफएसके) को ग्लोरी–५८० मोडलको एसयूभी भित्रिएको छ । चाइनाको सरकारी कम्पनी डोङ्फेङ् मोटर कर्पाेरेसनको स्वामित्वमा रहेको डीएफएसके वर्डक्लास क्वालिटीको टेक्नलोजी र सर्भिसका लागि प्रसिद्ध रहेको छ । नेपाली बजारमा कुजु नेपाल प्रालीले ल्याएको डीएफएसकेको ग्लोरी–५८० मोडल एक कम्प्याक एसयूभी हो । ग्लोरी–५८० को नेपाली बजारमा लग्जरी भेरियन्टमात्र उपलब्ध रहेको छ भने यसको मूल्य कम्पनीले ६९ लाख ९९ हजार ५ सय राखेको छ ।

यसमा १.५ लिटरको टर्बोचाज्र्ड इन्जिन रहेको छ । जसमा ६ वटा अटोमेटिक सीभीटी ट्रासमिसन रहेको छ । यसको लम्बाई ४६८०, चौडाई १८४५ तथा उचाई १७१५ एमएमको रहेको छ । यसको इन्जिनले १४८ बीएचपी पावर तथा २२० एनएम–टर्क उत्पादन गर्छ । यसमा १७ इन्चको अलोय ह्वील रहेको छ भने यसको ग्राउण्ड क्लियरेन्स–२०० एमएम रहेको छ । नेपाली बजारमा कुजु नेपाल प्रालीले ल्याएको डीएफएसकेको ग्लोरी–५८० मोडल एक कम्प्याक एसयूभी हो ।

यो एसयूभी सेभेन–सिटको सुविधासहितको रहेको छ । जसमा ६ वटा अटोमेटिक सीभीटी ट्रासमिसन रहेको छ । यसमा ईबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, ब्रेक असिस्ट सिस्टम, इलेक्ट्रोनिक पार्किङ्ग ब्रेक, टुइन–साइड तथा कर्टन एयरव्याग, रिभर्स पार्किङ्ग सेन्सर तथा क्यामरा रहेको छ । यो एसयूभीले एन–क्यापको क्रयास टेस्टिङ्गमा फाइभ–स्टार रेटिङ्ग पाएको छ । कम्पनीले यसको शोरुम काठमाडौंको पानीपोखरीमा निर्माण गरिरहेको जानकारी दिएको छ । यो शोरुम अबको केही हप्तामै उद्घाटन हुनेछ । शोरुमसँगै कुजुले डीएफएसकेका लागि आधिकारीक सर्भिस स्टेसन पनि ललितपुरको यूएन–पार्क अगाडि ज्वागलमा निर्माण गरिरहेको छ ।

प्रतिक्रिया