काउन्सिलमा दुई दर्जन कलाकार

काठमाडौं । ललितकला क्याम्पसमा अध्ययनरत दुई दर्जन बढी विद्यार्थीले बनाएका समसामयिक तथा परम्परागत कला प्रदर्शनी आइतबार सम्पन्न भएको छ । चार दिनसम्म चलेको उक्त प्रदर्शनीमा पाँच दर्जन बढी कलाकृति राखिएको सहभागी कलाकार मनिषा साहले जानकारी दिइन् ।

कलाकृतिमार्फत देशको सामाजिक, सांस्कृतिक, प्राकृतिक तथा समसामयिक विषयलाई उठाइएको साहले बताइन् । परम्परागत पौभा कला, मिथिला लोककला, दृश्यचित्र, मुहारचित्र, फोटोग्राफी, सामाजिक तथा सांस्कृतिक विषयमा बनाइएका कलाकृति प्रदर्शनीमा राखिएको अर्की सहभागी कलाकार रञ्जु पुलामी मगरले बताइन् । उनले भनिन्, ‘कलामार्फत हामीले नेपाली कलालाई दर्शकसमक्ष ल्याउने कोसिस गरेका हौँ ।’

प्रदर्शनीमा रुवी महर्जन, रञ्जु पुलामी मगर, आदित्य पौडेल, जितकुमार बुढा, कमल शेर्पा, कृष्णभक्त डंगोल, लिमा महर्जन, मनिषा साह, मनिष श्रेष्ठ, नली शाक्य, नमुना कँडेल, नरेन्द्र मल्ल, प्रशान्त श्रेष्ठ, रामबहादुर शाही, राकेश महर्जन, सजिना महर्जन, सनोद महर्जन, सरोज तामाङ, सीतु मास्के, सुजनवीर बज्राचार्य, सुजन बुढाथोकी, सुजन राई, विक्रम श्रेष्ठ, यामबुङ थापामगर, युसान थुलुङ, नानो फुङ चेम्जोङ लिम्बू र उमाकुमारी घिमिरे सहभागी थिए ।

प्रतिक्रिया