सिड्नीमा लाइभ कन्सर्ट

काठमाडौं । रियालिटी सो ‘नेपाल आइडल सिजन–२’ का उत्कृष्ट छ जना प्रतिस्पर्धी अष्ट्रेलियामा हुने लाइभ कन्सर्टमा प्रस्तुत हुने भएका छन् ।
कन्सर्टमा ‘नेपाल आइडल–२ का बिजेता रवि ओडका साथै आइडलको उत्कृष्ट ६ मा पुग्न सफल विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी तथा अमित बरालले कन्सर्टमा प्रस्तुत हुने जनाइएको छ । कार्यक्रममा पवन गिरीले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम छ । आगामी फेब्रअरी ८ अर्थात् माघ २५ गते शुक्रबार सिडनीको लिभरपुल स्ट्रिटस्थि सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना हुने ‘नेपाल आइडल–लाइभ इन सिड्नी’ मा नेपाल आइडल–२ का बिजेता, उपबिजेतासहित उत्कृष्ट ६ मा पुग्न सफल गायक–गायिका प्रस्तुत हुने कन्सर्टको आयोजना नेपाली टचले गर्न लागेको हो ।

अष्ट्रेलियामै सक्रिय एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले उक्त कार्यक्रमलाई मुख्य प्रायोजन गरेको छ । नेपाली समुदायको अत्यधिक बसोबास रहेको सिडनीमा भव्यरूपमा कार्यक्रम सम्पन्न गर्ने गरी तयारी गरिएको नेपाली टचका फाउन्डर डाइरेक्टर दिपेश पुनले जानकारी दिए । उनले भने, ‘कार्यक्रमका लागि पर्चा पम्प्लेट वितरण गरिनुका साथै सामाजिक सञ्जालमा कार्यक्रमको प्रचारप्रसारलाई तीव्र बनाइएको छौं ।’

स्थानीय समयअनुसार साँझ ८ बजेदेखि प्रारम्भ हुने उक्त लाइभ कन्सर्टमा नेपालकी लोकप्रिय डान्स जक्की डिजे अर्पणा पनि सहभागि हुने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार कार्यक्रममा सिड्नीमा बसोबास गर्ने स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुति दिनेछन् । नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको नेपाली टचका सिइओ राज के गोस्वामीले बताए । कार्यक्रमको सञ्चालन नेपाल आइडलकी प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्माले गर्ने छन् । नेपाली टचले यसअघि नेपाल आइडलको पहिलो संस्करणका बिजेतालाई पनि अष्ट्रेलियाको कन्सर्टमा प्रस्तुत गरिसकेको छ ।

प्रतिक्रिया