दुई युवाको पहलमा क्यान्सर पीडित भण्डारीलाई काठमाडाैँ लगियो

सल्यान । क्यान्सरबाट पीडित एक व्यक्तीलाई सल्यानका दुई व्यवसायीले उपचारका लागी आर्थिक रकम संकलन गरेका छन् । आर्थिक अभावका कारण उपचार गर्न नपाएका शारदा नगरपालिका वडा नम्बर १३ जोगीचौर निवासी ३८ वर्षीय ऋषिराज भण्डारीको उपचारका लागी केही रकम संकलन गरि आजनै उनलाई काठमाडौँ पठाईएको युवा समाजसेवी लोकराज भण्डारीले जानकारी दिए । क्यान्सर पीडित

भण्डारीको आर्थिक अवस्था एकदमै कमजोर रहेको र उपचार गर्नका लागी पैसाको अभाव झेली रहेको बेला दुई युवा लोकराज भण्डारी र चुर्ण बहादुर ओलीे भण्डारीका लागी भगवानस्वरुप सावित भएका छन् । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ लान्तीबाट ति दुई युवाले ११ हजार एक सय ७५ रुपैयाँ संकलन गरि एम्बुलेन्स रिजर्भ गरेर उपचारका काठमाडौँ लागी पठाएका छन् ।

विगत एक बर्षदेखि क्यान्सर रोगले थला परेका भण्डारी ज्याला मजदुरी गरेर घर परिवार चलाउँदै आएका थिए । क्यान्सबाट थला परेपछि उनकी आमा, श्रीमति र छोरा लाई साँझ बिहानको छाक टार्न समेत धौ धौ परेको छ । ऋण गरेर अहिले सम्म जेनतेन उपचार गरेपनि पैसाको अभावमा उनको उपचार हुन नसकेको भण्डारीका परिवारले बताएका छन् ।

परिवारका अनुरसार डाक्टरले बेलैमा उनको दाया हात काटेर उपचार गरेमा ठिक हुने बताएपनि आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको थियो । चुर्ण बहादर ओलीका अनुसार भण्डारीको अवस्था निकै दयनिय रहेको र औषधी उपचार गर्न सक्ने पारिवारिक अवस्था कमजोर भएका कारण उनको उपचारमा केही सहयोग पुगोस् भनेर थोरै भएपनि रकम संकलन गरेका हुन् ।

उक्त संकलित रकम र पीडित भण्डारीलाई लिएर चुर्ण बहादुर उनिसँंगै काठमाडाँै उपचारका लागी गएका छन् । काठमाडौँमा रहेको एक हस्पिटलमा उपचारको कुरा भएको र उपचारमा चाहिने रकम अझै आवश्यक पर्ने भएकाले सबैले सहयोग गरिदिन परिवारले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया