वरिष्ठ कलाकार मुनालको निधन

काठमाडौँ । वरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका मुनालको वीर अस्पतालमा आज निधन भएको बताइएको छ । कलाकार मुनालका एक छोरा छन् ।

मुनाल अभिनीत नयाँ चलचित्र ‘गोपी’ यही माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले ‘लभ लभ लभ’, ‘एक पल’, ‘सेतो बाघ’, ‘शिरीषको फूल’, ‘दिदी भाई’, ‘मिस्टर डन’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

मुनालले लामो समय हाँस्य व्यङग्य टेली श्रृंखला तीतो सत्य मा पनि अभिनय गरेका थिए । दमको रोगबाट ग्रसित कलाकार मुनाललाई पशुपति आर्यघाटमा दर्जनौं चलचित्रकर्मीहरुले श्रदाञ्जली दिएका थिए ।

प्रतिक्रिया