पाँचथरको निति तथा योजना बैठक सम्पन्न

कृष्ण ओझा, पाँचथर । जिल्ला समन्वयन समिति पाँचथरको नीति तथा कार्ययोजना सम्पन्न बैठक सम्पन्न भएको छ । शुक्रबार र शनिबार गरि दुई दिनको छलफल पश्चात आधारभुत निति तथा कार्ययोजना जिससले बनाएको हो ।

अन्र्तक्रियामा संघ र प्रदेश मातहतका कार्यालयहरु र स्थानिय तहको प्रस्तुतिकरण सगै जिल्लास्तरीय निति सम्वन्धमा छलफल, सुझाव संकलन कार्य सकिएको हो । कार्यक्रममा स्थानिय आठ वटै गाउपालिका का प्रमुख , उप प्रमुख, प्रसासकिय अधिकृत, राजनैतिक दल, सरकारी तथा सुरक्षा अधिकारी, सरोकारवालाहरु विच एकरुपता दिन नीति तथा कार्य योजना तय भएको छ ।

जिससले अनुगनमका क्रममा स्थानियतहका सुसाशनका काममा एकरुपता नदेखिएकाले एकरुपता दिन निति तथा कार्ययोजना बनाएको जिससका प्रमुख बिष्णु प्रसाद साप्कोटाले बताए ।

कार्यक्रम प्रदेश एक का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादु आङवोले उद्घाटन गरेका थिए । आङवोले सवै स्थानियतहका कार्ययोजनाहरुमा एकरुपता दिन जिससले भुमिका निभाउनु पर्नेमा जोड दिएका थिए । नीति तथा कार्य योजनामा कृषि , पशु , बव ,शिक्षा , पुर्वाधार विकास , खानेपानि , सिंचाइ , स्वास्थ्य ,घरेलु , लगायतले कार्यक्रम प्रस्तुतिसगै आगामी योजनना तर्जुमा गरेको जिससका सदस्य नरबहादुर गुरुङले जनाकारी दिए ।

बनेको निति तथा कार्ययोजनाहरुलाइ आगामी आर्थिक वर्ष ०७५/७६ मा जिल्ला सभाले पास गरेपछि असार देखि लागुहूने जनाएइको छ । साँथै, जिल्ला दैवि प्रकोपको पनि प्रस्तुति सगै योजना तर्जुमा गरिएको छ । सरोकारवाला बिच समुहगत छलफल पछि तय भएको नितिहरु सुसाशनमा लागु गर्ने सरोकारवाहरुले प्रतिवद्धता समेत जनाएका छन ।

अब हुने जिल्ला सभाले पास गरे पछि आधारभुत निति तथा कार्ययोजनाहरु लागु हुने र देशको पहिलो पाँचथरमा निति बनेको सदस्य नरबहादुर गुरुङले बताए । निति तथा कार्ययोजनामा पुर्व राज्य मन्त्री डम्बरसिंह सम्वाहाम्फे , श्रीप्रसाद जवेगु , स्थानिय बुद्धिजि पे्रमओझा , प्रदेश एक का सचेतक शिता थेवे, लगायतहरुको उपस्थितिमा योजना र निति तय भएको थियो । प्रस्तावित नितिहरु कस्ता वने भन्नेबारे आगामी जिल्लासभाबाट पास भए पश्चात बाहिर ल्याउने जिसस सदस्य नरबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया