सिटिजन्स र एक्सिस बैंकबीच रेमिटेन्स सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेडबीच विप्रेषणसम्बन्धी सम्झौता भएको छ । सो सम्झौताबमोजिम अबएक्सिस बैंक लिमिटेडमार्फत भारतबाट नेपालमा भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम सहज रूपमा सिटिजन्स बैंकको नेपालभर रहेका ८१ वटा शाखाहरू बाट सहजरूपमा भुक्तानी पाउन सक्नेछन् ।

बैंकले यस अघि कतारको दोहा बैंक, युके कोक्यास्को फाइनान्सियल सर्भिसेस, स्मल वल्र्ड फाइनान्सियल सर्भिसेस रअफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड, युएईको अलअहलिया मनिएक्सचेन्ज ब्युरो, अल अन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस, अलदहाब एक्सचेन्ज र अल्फा एक्सचेन्जसँग सम्झौता गरिसकेको छ ।

प्रतिक्रिया