गोयन्का इलेक्ट्रोनिक्स तेस्रो वर्षमा

काठमाडौं । गोयन्का ग्रुप अन्तर्गतको गोयन्का इलेक्ट्रोनिक्स प्रालीले इलेक्ट्रोनिक्स व्यवसायमा तेस्रो वर्षमा पूरा गरेको छ । सो अवसरमा गोयन्का इलेक्ट्रोनिक्स प्रालीले विभिन्न किसिमका घरायसी इलेक्ट्रोनिक्स सामग्रीहरू बजारमा ल्याएको छ । जसमा विभिन्न सूर्या, सेलो, लेक्सका साथै आफ्नै गोयन्का ब्रान्डका सामग्रीहरू रहेका छन् ।

गोयन्का इलेक्ट्रोनिक्स प्रालीले विगतमा जस्तै आउने आर्थिक वर्षमा पनि शतप्रतिशत बजार वृद्धि गरि १०० करोड बराबरको व्यापार गर्ने योजना बनाएको छ । हालको अवस्थामा २०० सक्रिय डिलरहरूको साथमा काम गरिरहेको कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया