स्वावलम्बन लघुवित्त १८औँ वर्षमा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १८औँ वार्षिकोत्सव काठमाडौंमा सम्पन्न भएको छ । लघुवित्त अभियन्ता शंकरमान श्रेष्ठको प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक, लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीको विशेष आतिथ्यमा सम्पन्न समारोहको सभापतित्व सञ्चालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठले गरेका थिए ।

नेपाल राष्ट्र बैंक, लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक तथा विशेष अतिथि जनकबहादुर अधिकारीले शुभकामना दिनुहुँदै नेपालका लघुवित्त वित्तीय संस्थाहरू मध्येको एक सक्षम संस्था स्वावलम्बनको लघुवित्त क्षेत्रको विकासमा विशिष्ट योगदान रहेको बताए । संचालक समितिका अध्यक्ष तथा समारोहका सभापति रामकुमार श्रेष्ठले आगामी दिनमा लघुवित्तमा आबद्ध सदस्यहरूको क्षमता अभिवृद्धि तथा आयस्तरमा वृद्धि गर्न उनीहरूको लागि सीपलगायत शिक्षाजस्ता विषयसमेत सँगसँगै लान र उनीहरूलाई सक्रिय राख्न वित्तीय संस्था अगाडि बढ्ने बताए ।

प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले वित्तीय संस्थाले सानो सानो कर्जा, बचत, लघुबिमालगायत वित्तीय साक्षरताको माध्यमबाट उद्यमशीलता विकास गर्दै आर्थिक सामाजिक रूपमा स्वावलम्बी समाजको निर्माण गर्न वित्तीय संस्था अग्रसर रहेको जानकारी दिए ।

प्रतिक्रिया