एनसिसी बैंक र नर्भिक अस्पतालबीच सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लि। र नर्भिक इन्टरनेसनल अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नर्भिक इन्टरनेसनल अस्पताल तर्फबाट कार्यकारी सञ्चालक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरे ।

सम्झौताअनुसार, अब नेपाल क्रेडिट एन्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरूले नर्भिक इन्टरनेसनल अस्पतालका सेवाहरूमा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरूबाट बैंकिंङ सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटिएमहरू सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया