नेरिस्का, अभिनभ र शोनित बने लिटिल स्टार

काठमाडौं । राजधानीमा भएको ‘लिटिल स्टार अफ द इयर २०१९’ को उपाधि नेरिस्का स्थापित, अभिनभ श्रेष्ठ र शोनित शाखले हात पारेका छन् । नेरिस्का (ग्रुप–ए), अभिनभ (ग्रुप–बि) र शोनित शाख (ग्रुप–सि) तर्फको विजेता बनेका हुन् ।  ७ देखि १४ वर्षसम्मका ६५ बालबालिका सहभागी भएको उक्त प्रतियोगितामा ७ देखि ९ (ग्रुप ए), १० देखि १२ (ग्रुप बि) र १३ देखि १४ (ग्रुप सि) गरी तीन समूह विभाजन गरिएको थियो ।

प्रतियोगितामा ग्रुप (ए) तर्फ बेलिश्ना जिसी फस्ट रनरअप, एन्जेल वान्तवा सेकेन्ड रनरअप, सुनिश्का मिश्रा थर्ड रनरअप र नेरिया न्यौपाने फोर्थ रनरअप हुन सफल भए । त्यस्तै, ग्रुप (बि) तर्फ प्रिन्स प्रसिद थापा, आरोनलाल श्रेष्ठ, राजा श्रेष्ठ, दीपसन भुजेल क्रमशः फस्ट, सेकेन्ड, थर्ड र फोर्थ रनरअप घोषित भए ।

त्यसैगरी, ग्रुप (सि) तर्फ पल्शा खड्का, आस्का श्रेष्ठ, आन्नया भट्टराई र युभानी लोहनी क्रमशः फस्ट, सेकेन्ड, थर्ड र फोर्थ रनरअप भए । विभिन्न सांगीतिक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा लिटिल स्टार आलिया पन्त, रियान चुशाकी, प्रक्रित केसी, लिटिल प्रिन्सेज सम्बृद्धि ओझा, लिटिल प्रिन्स प्रकृत केसी घोषित भए ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरूको सुनौलो भविष्य निर्माणतिर अग्रसर गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिँदै आएको एनोवेसन इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक महेश केसीले बताए ।

अभिनेता दिक्पाल कार्की, गायिका कुन्ती मोक्तान, अभिनेता वीरेन्द्र हमाल, तेन्जु योन्जन, सन्तोष भुजेल लगायतका व्यक्तित्वको प्रशिक्षणपछि प्रतिस्पर्धी अन्तिम स्पर्धामा उत्रिएका थिए । प्रतियोगिताको संयोजन गीता पुरीले गरेकी थिइन् । ब्लु–क्रस अस्पतालका निर्देशक रजत श्रेष्ठ, अनुप शक्सेना, नृत्य निर्देशक कमल राई, कला सुब्बा, गोविन्द राई, रुक्सा वैद्य, आकांक्षा भट्टराई, मिस्टर नेपाल २०१७ अक्षयजंग रायमाझी प्रतियोगितामा निर्णायक रहेका थिए ।

प्रतिक्रिया